दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रिगललाई आममाफी दिएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडाैँ । राष्ट्रपतिले कैद सजाय मिनाहा गरेका योगराज ढकाल 'रिगल'लाई पुनः कैद हुनुपर्ने मागसहित परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ। 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले विहिवार राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन आदेश गरेकाे हाे । मुद्दालाई अग्राधिकार दिँदै असाेज २५ गते संयुक्त इजलासमा पेस गर्न पनि सर्वोच्चले भनेकाे छ ।​

रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं २०७२ सालमा नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो ।

अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर,यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका थिए । 

उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौँमा आइपुगेकी छन् । अदालत धाउँदै उनी माइतीघर मण्डलामा अनसनसमेत बस्दै आएकी छन् ।

तारेख धाउने क्रममा बुधबार उनी सर्वोच्च अदालतमै बेहोस भएर ढलेकी थिइन् । उनलाई वीर अस्पताल पुर्याई उपचार गरिएको थियो । आज बिहीबार पनि उनी माइतीघरमा अनसन बस्न गएकी छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ५ : ०० बजे