अस्ट्रेलियामा पशुपति,बौद्धनाथजस्ता सम्पदा बन्दै

अष्ट्रेलिया । अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली पशुपतिनाथ,बौंद्ध र स्वयम्भु स्तुपासहितका सामुदायिक केन्द्र बनाउन गो फण्डमी मार्फत सहयोग संकलन थालिएको छ । 

कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर (क्युएनसिसि) ले सामुदायिक केन्द्र बनाउन ब्रिजवेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न बैनाबट्टा गरिसकेको र एक साताभित्र पास गर्नुपर्ने भएपछि सहयोग संकलन अभियान थालिएको हो ।

पशुपतिनाथ बौद्ध र स्वयम्भु स्तुपा निर्माणका लागि  आवश्यक जग्गा साढे १४ लाख डलरमा किन्न लागिएको छ । क्यूएनसीसीले उक्त क्षेत्रमा साढे १४ लाख डलरमा ४ हेक्टर बढी जग्गा किन्न बैना गरेको भए पनि साढे १२ लाखमात्रै आर्थिक संकलन भएपछि गो फन्ड मी अभियान अघि बढाएको बताइएको छ ।

क्यूएनसिसिले ४ सय ७५ आजिवन सदस्यबाट ११ लाख २० हजार डलर र सहयोगी र विभिन्न सांगितिक कार्यक्रमसमेतबाट गरी साढे १२ लाख संकलन गरिसकेको छ । गो फण्ड मी अभियानमार्फत करिब ३ लाख डलर सहयोग संकलनको जिम्मेवारी भने एनआरएनए कुइन्सल्याण्डले पाएको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ४ : ३६ बजे