‘रिगल’ को कैद मिनाहाविरुद्ध भारतीको अनशन जारी

काठमाडाैँ । नेपालगन्जका चेतन मानन्धरका हत्यारा रिगल भनिने गुण्डा नाइके योजराज ढकाललाई राष्ट्रपति रामचन्द्र पैडेलले माफी दिएपछि चेतनकी श्रीमती भारती मानन्धर माइतीघरमा अनशन बस्दै आएकी छन्।

भारतीले बुधवारदेखि अनशन सुरु गरेकी थिइन् । उनी अनशन बसेको आज दोस्रो दिन हो ।

तारेख धाउने क्रममा बुधबार भारती सर्वोच्च अदालतमै बेहोस भएर ढलेकी थिइन् । उनलाई वीर अस्पताल पुर्याई उपचार गरिएको थियो । 

आज वीर अस्पतालबाट डिस्चार्ज भएसँगै उनी अनशन बस्न माइतीघर पुगेकी हुन्। न्याय नपाएसम्म अनशन जारी राख्ने उनले बताएकी छन्।

गुण्डा नाइके रिगलले खुँडा प्रहार गरेर चेतनकाे हत्या गरेका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं २०७२ सालमा नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो ।

अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर,यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आम माफी दिएका थिए । 

​​​​​​​

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ४ : २३ बजे