सुत्केरी व्यथाले च्यापेकाे १७ घण्टापछि उद्धार

सिमिकोट । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर  थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पु¥याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताउनुभयो ।

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी उहाँको जटिलस्थिति  (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभाबमा बिहीबार बिहान मात्र सुर्खेत पु¥याइएको उहाँको भनाइ थियो।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ४२ बजे