दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रिगल आम माफीविरुद्धको रिटमा सुनुवाइ सकियो,फैसला आउन बाँकी

काठमाडौं। रिगल भनिने गुण्डा नाइके योजराज ढकाललाई दिइएको आममाफीका विरुद्ध परेको रिटमा सुनुवाई सकिएको छ ।

आज (बिहीबार) सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको प्ररम्भिक सुनुवाइ भएको हो ।

अदालत स्रोतका अनुसार सुनुवाइ सकिए पनि  फैसला आउन बाँकी रहेको छ । 

रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं २०७२ सालमा नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो ।

अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आम माफी दिएका थिए । 

उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौँमा आइपुगेकी छन् । अदालत धाउँदै उनी माइतीघर मण्डलामा अनसनसमेत बस्दै आएकी छन् ।

तारेख धाउने क्रममा बुधबार उनी सर्वोच्च अदालतमै बेहोस भएर ढलेकी थिइन् । उनलाई वीर अस्पताल पुर्याई उपचार गरिएको थियो । आज बिहीबार पनि उनी माइतीघरमा अनसन बस्न गएकी छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ३६ बजे