दलित गाउँका पहिलो शिक्षक

धुलिखेल अस्पतालकाे ट्रमा सेन्टरकाे लागि जापानले ३ अर्ब दिने

काठमाडौं । धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।

नेपाल सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३२९ करोड ६० लाख (लगभग २ अर्ब ९५ करोड रुपैयाँ) को अनुदान सहयोग खर्च गर्ने सम्झौतामा आज हस्ताक्षर भएको हो ।

बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डाक्टर कृष्ण हरी पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

यस्तै अनुदान सम्झौतामा नेपाल सरकार र जाइकाका तर्फबाट क्रमशः अर्थ मन्त्रालय महाशाखाका सहसचिव अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय समिति श्रीकृष्ण नेपाल र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

यो परियोजनाले तीव्र गतिमा बढ्दो आघात र सङ्क्रमणका लागि चिकित्सा सेवाहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

नेपालमा आकस्मिक विरामीहरुका लागि धुलिखेल अस्पतालमा ऊर्जा कक्ष सञ्चालन , एक आईसीयू र बाहिरी बिरामी परामर्श कक्ष सहित ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई सीटीस्क्यान र एक्सरे मेसिन उच्च स्टीम स्टेरिलाइजर आदि मेडिकल उपकरण उपलब्ध गराई स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

सम्झौता कार्यान्वयन भएको अवधिले ४८ महिना भित्र परियोजना सम्पन्न गरिसक्नुपर्ने छ । अर्थात् अवको चार वर्षभित्र परियोजना सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : २१ बजे