साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं  । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । 

अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक  अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे ।

‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने विषयमा पटक पटक छलफल हुने गरेको छ ।’कम भन्दा कम क्षति होस भन्ने हेतुले आवश्यक प्रयास गरिएको उनको दाबी छ ।

त्यस्तै प्रोफेसर म्यारी आन कोपरले, चट्याङका विषयमा प्रयाप्त जनचेतनाको अभावले समस्या भएको बताइन् ।जीवन र सुरक्षाको सवालमा संचार माध्यमले फैलाउने जनचेतनाको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।

त्यस्तै प्रोफेसर, लिला प्रधान जोशीले नेपालकै पहिलो विज्ञान क्याम्पसको रुपमा स्थापित अस्कल क्याम्पसले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रभावकारी भूमिका लेखेको बताईन् । कुनैपनि प्रकोपको कारण पत्ता लगाउन सक्ने हो भने त्यसको क्षति न्यूनिकरणका लागि भूमिका खेल्न सकिने भएकाले त्यसका लागि विज्ञान प्रविधिको क्षेत्रमा थप अनुसन्धान हुन जरुरी रहेको बताइन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ११ बजे