सुनको मूल्यमा नयाँ कीर्तिमान

एसियाड खेल्न गएका नेपाली क्रिकेट टोली स्वदेश फर्किए

काठमाडाैँ । चीनको हाङझाउमा जारी १९औँ एसियाडमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएकाे छ । 

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा नेपाली क्रिकेट टाेलीकाे भव्य स्वागत गरियाे । 

एसियाडको पुरूष क्रिकेटमा नेपाली टिम क्वार्टरफाइनलसम्म पुगेको थियो। भारतसँग २३ रनले पराजित भएपछि एसियाडमा नेपाल बाहिरिएको हो। 

प्रतियाेगिताअन्तर्गत चीनमा नेपालले तीनवटा खेल खेलेकाे थियाे । समूह चरणकाे खेलमा मंगाेलिया र माल्दिभ्सविरुद्ध शानदार जित निकालेकाे नेपालले क्वार्टरफाइनलमा भारतसँग सम्मानजनक पराजय भाेगेकाे थियाे । 

त्यसअघि, नेपालले समूह चरणका खेलमा मंगोलियाविरुद्ध २७३ रन र माल्दिभ्सविरुद्ध १३८ रनले विजयी भएको थियो।

प्रतियाेगितामा नेपाली टिम र खेलाडीले थुप्रै विश्व कीर्तिमान कायम गरेका थिए । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १२ : ४९ बजे