दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राम्रो चालचलन भएका कैदीलाई कात्तिक १ देखि जेलबाहिरै राख्ने सरकारकाे निर्णय

​​​​​​​काठमाडौं । सरकारले राम्रो चालचलन भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ को (च), दफा २९ र दफा ४९ मा रहेको प्यारोलसम्बन्धी व्यवस्था कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

उक्त ऐनमा  एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ ।

ऐनमा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायका दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोल बोर्डको सिफारिसमा जिल्ला अदालतको न्यायाधीशले प्यारोलमा राख्ने आदेश दिनसक्नेछ ।’ दफा ४९ मा यसका लागि प्यारोल अधिकृत तोक्ने सम्बन्धी व्यवस्था छ । मन्त्रिपरिषद्को बैठकले प्यारोल अधिकृतको नियुक्ति नभएसम्मका लागि सम्बन्धित कारागार प्रशासकलाई प्यारोल अधिकृत तोक्ने निर्णय  गरेको छ । जन्म कैदको सँजाय पाएका र दिनदहाडै व्यक्ति हत्यामा संलग्न भएका व्यक्तिलाई राष्ट्रपतिबाट आममाफी दिएको विषयमा व्यापक विरोध भइरहँदा सरकारले ऐन देखाएर थप कैदीलाई छुटाउने निर्णय गरेको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : ४९ बजे