काठमाडौं । दोलखामा सुन बरामद प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। प्रहरीले दोलखाको बिगु गाउँपालिका-१ बाट ११ किलो सुन बरामद गरेको छ ।
यो प्रकरणमा हालसम्म आठजना पक्राउ परेका छन् ।
प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ३ : ३५ बजे
प्रतिक्रिया