दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पुल्चोक क्याम्पसका पदाधिकारीले दिए सामुहिक राजीनामा

काठमाडौं । पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन् ।

इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवाद पछि उहाँहरुले सामुहिक रुपमा राजीनामा दिनु भएको हो ।

राजीनामा दिने प्रवेश परीक्षा बोर्डका अध्यक्ष , सदस्य तथा सल्लाहकारहरु रहनु भएको छ । राजीनामा दिनेहरुमा अध्यक्ष प्रा. डा. शुसील बहादुर बज्राचार्य , सदस्यहरु सह- प्रा. डा .ईन्द्रप्रसाद आचार्य , सह- प्रा. डा. संजिब प्रसाद पाण्डे ,उप- प्रा. किरणचन्द्र दाहाल , सदस्य सचिब बिदुर ढकाल, सल्लाहकार सहायक डीन सह- प्रा. डा. सुरज लामिछानेर प्रा- डा. हिक्मत राज जोशीले डिनलाई सम्बोधन गर्दे राजीनामा बुझाउनु भएको छ । उहाँहरुले पछिल्लो सुचनाका आधारमा परिक्षा संञ्चालन गर्न नसकिने भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर आईओई र विद्यार्थी संगठनहरुबीच विवाद छ । पुल्चोक क्याम्पसको ६ जना विभागीय प्रमुखहरुले विद्यार्थी संगठनहरुमाथि डिन र सहायक डिनलाई अपहरण गरेर पुरानै शुल्कमा भर्ना लिने भनेर सूचना निकाल्न बाध्य बनाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ३७ बजे