काठमाडौँ – सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।
भेपमार्फत् सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार पूर्वसभामुख महराको बयान लिएको हो ।
महराका छोरा राहुल महरा साउन १३ गतेदेखि थुनामा छन् ।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग महरा बाबु छोराको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क रहेको बताइएको छ ।
प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ९ : २८ बजे
प्रतिक्रिया