नारायणगढ–मुग्लिन सडकमा पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी रुपमा मात्र सञ्चालन भएको छ ।

गएरातिको वर्षाले सडकखण्डको नाम्सि पुल नजिकै पहिरो जाँदा सडक एकतर्फी सञ्चालन भएको हो ।

पहिरो पन्छाउने कार्य सुचारू भइसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ५९ बजे