दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? भन्सार नतिरी के-के ल्याउन पाइन्छ जानिराख्नुस्

काठमाडौँ । चाडपर्व नजिकिएसँगै विदेशबाटबाट आउने नेपालीको संख्या बढ्न थालेको छ ।

विदेशबाट आउने यात्रु बढेसँगै अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ । यात्रुले ख्याल गर्नु पर्ने कुरा के हो ? विदेशबाट आउँदा के-के ल्याउने पाइन्छ ? भन्सार नतिरी ल्याउने पाइने के हो ? भन्सार स्वःघोषणा गरेर ल्याउन पाइने के हो भनेर यहाँ समेटेका छौँ ।

श्रम स्वीकृति लिएर लगातार एक वर्ष विदेशमा काम गरेर फर्किएकाले जुनसुकै प्रकारको र आकारको एउटा टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुनपर्ने विमानस्थल भन्सार कार्यालयले जनाएको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजनमात्र भन्सार नतिरी ल्याउन पाउनेछन् ।

त्यसबाहेक अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको भन्सार तिर्नुपर्नेछ । मोबाइलको हकमा भने विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिना भन्दा बढी विदेशमा काम गरेर फर्किएका व्यक्तिले थप एक नयाँ फोन ल्याउन पाउनेछन् । तर भन्सार कार्यालयमा घोषणा भने गर्नुपर्नेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : १९ बजे