बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् ।

बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : ३७ बजे