दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

न्युरोडमा इन्द्रजात्रा हेर्न गएका १७ वर्षीय किशोरको हत्या, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या भएको छ ।

मखन गल्लीस्थित सानो पशुपतिमा इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको धारिलो हतियार प्रहार गरि गए राति हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते १७ वर्षीय कार्कीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : ५३ बजे