दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सहकारीमा लुटपाट

काठमाडौं । प्युठानको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा लुटपाट भएको छ । मल्लरानी गाउँपालिका–३ सालठाँटीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद १ लाख ६० हजार ४ सय रुपैयाँ चोरी भएको हो ।

भवनको दोस्रो तलाको चेनगेट र चाबी फोरेर चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द बहादुर अधिकारीले जानकारी दिए । विहान ९ बजेमात्र चोरी भएको खबर आफूले जानकारी पाएको उनले बताए । 

चोरले कार्यालयका सामानहरूमा समेत क्षति पर्‍याएका छन् । कार्यालयमा नगद दुई लाख बढी रकम भए पनि कागजातसँगै भएकाले एक लाख रुपैयाँ चोरले नदेखेपछि जोगिएको व्यवस्थापक अधिकारीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ५ : १० बजे