सुनको मूल्यमा नयाँ कीर्तिमान

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । 

युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो । 

यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको चेतावनी दिनुभयो । 

“युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौँ”, शनिबार अबेर कांग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भन्नुभयो । 

“हामीसँग समय छ, धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ”, सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।   

 उहाँले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गर्नुभयो । 

“सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रुर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ”, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भन्नुभयो, “खेल बन्द गरौँ र युक्रेनलाई सहयोग गरौँ ।”   

तर अधिकांश विधायकहरूले युक्रेन सहायताका लागि कांग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् । 

युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ । 
 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १ : ३४ बजे