थप ५७ वटा हिमाल आरोहणका लागि खुला

छापा हान्दा म्याद गुज्रिएको बियर भेटेपछि एक करोड रुपैयाँ बराबरकाे बियर नष्ट

चितवन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ ।

काठमाडौँको धुम्बाराहीमा बिभागले छापा हान्दा बरामद गरेकाे बियरलाई चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो ।

तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन ।

विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको छ ।

हिजो काठमाडौँको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको विभागले पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १ : १६ बजे