सुनको मूल्यमा नयाँ कीर्तिमान

भैँसीको पेट चिरेर निकालियो साढे दुई तोला सुनको मंगलसूत्र

काठमाडौँ । भारतको महाराष्ट्रस्थित वशिम जिल्लामा भैँसीको पेट चिरेर साढे दुई तोला सुनको मंगलसूत्र निकालिएको छ ।

महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले दाना खाने क्रममा उक्त गहना निलेको थियाे । 

अढाई ताेलाकाे सुनकाे मंगलसूत्र निलेपछि सल्यक्रिया गरेर निकालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रामहरीकी पत्नीले नुहाउने क्रममा आफ्नो मंगलसूत्र भटमास र बदामको बोक्राहरू राखिएको भाँडोमा  लुकाएकी थिइन् । नुहाएर फर्किँदा उनले त्यही भाँडो भोकाएको भैँसीको अगाडि राखिदिइन् र आफू घरको अन्य कामधन्दामा लागिन् । 

जब उनलाई आफ्नो घाँटीमा मंगलसूत्र छैन भन्ने लाग्यो दगुर्दै बाहिर आइन् । तर, त्यतिञ्जेल भाँडोमा राखिएका बदामका बोक्रासँगै भैँसीले मंगलसूत्र पनि निलिसकेको थियो । त्यो देखेर आत्तिएकी उनले तुरुन्तै आफ्नो श्रीमानलाई जानकारी गराइन् र उनका श्रीमानले गाउँकै पशुचिकित्सकलाई फोन गरे । 

डाक्टरको सल्लाहअनुसार भैँसी लिएर उनीहरू भेटेरिनरी पुगे । डाक्टरले भैँसीको पेटमै मंगलसूत्र रहेको यकिन गरे । भैँसीले दिसा गरेमा त्यसमै आउँछ कि भनेर एक दिन पर्खे तर नआएपछि डाक्टरले अर्को दिन शल्यक्रिया गर्ने निर्णय गरे । दुई घण्टाको शल्यक्रियापश्चात मंगलसूत्र निकालियो । भैसीँको पेटमा अहिले ६५ वटा टाँका लागेका छन् । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ५७ बजे