दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

काठमाडौँ । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिनुभएको छ । एसएसपी पालले राजीनामा पेश गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा हुँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले उजुरी दिनुभएको थियो । 

त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति बनेको थियो । समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागि गृह मन्त्रालयले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : ३६ बजे