सुनको मूल्यमा नयाँ कीर्तिमान

एसियाली खेलकुद : नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । १९ औं एसियाली खेलकुदको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

लक्की ड्र गर्दा नेपाल भारतसँग परेको हो । नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ ।

नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर पठाएको छ ।

यसअघि पहिलो चरणमा नेपालले माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराउदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : १९ बजे