काठमाडौँ–काठमाडौँबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौँ नै फर्किएका छन् ।
आज त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौँ फर्किएका हुन् ।
पोखराको विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यति र श्री एयरका जहाज काठमाडौँ फिर्ता आएको बताइएको छ ।
प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ९ : ३९ बजे
प्रतिक्रिया