दलित गाउँका पहिलो शिक्षक

सुन तस्करी भन्दा पनि डरलाग्दो छ पेट्रोलियम पदार्थको तस्करी

काठमाडौं ।  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्दा संधै घाटामा गएको तथ्याङ्क देखाउदै आएको छ ।

भारतबाट आयात हुने पेट्रोलियम पदार्थमा निगमले सधैं खरिद मूल्यभन्दा बढी मूल्यमा बेच्दै आएपनि तथ्याङ्कमा भने घाटा  मात्रै  देखाउंदै  आएको हो। घाटाको बहाना बनाउने निगमले आम नागरिकहरुको डाँढ सेक्ने गरि चर्काे मूल्यबृद्धि गर्दासमेत  सरकार संधै मूकदर्शक मात्रै बन्दै आएको छ । आयल निगममा भएको गडबडी र खेलमा सरकारको कहिले पनि ध्यान पुग्न सकेको छैन ।

नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको आयत गर्दा टैंक ट्रक लकिङ्ग प्रणाली सम्बन्धी कार्यविधि, २०७४ अनुसार ल्याउने गर्छ । तर यहि प्रणालीमा रहेर नै भारतबाट नेपालमा पेट्रोलियम पदार्थको तस्करी हुँदै आएको छ ।

इन्डियन आयल कर्पाेरेसन (आइओसी)बाट नेपाल आयल निगमले पेट्रोलीयम पदार्थ आयात गर्ने ट्याङ्करले एकपटकमा २० हजार लिटर मात्रै पेट्रोल/डिजल ल्याउन पाउने प्रावधान छ ।

 भैरहवा भन्सार कार्यालय हुँदै गत बैशाखमा लु २ ख ४८३९ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले स्वघोषणा गरिएको भन्दा तीन हजार लिटरभन्दा बढी डिजेल तस्करी गरेको तथ्य फेला परेको थियो । 

त्यस्तै वीरगन्ज भन्सार कार्यालय मातहतको अलौँ आइसिपी हुँदै आएको  ना ४ ख ३१५६ नम्बरको ट्यांकरले एक हजार आठ सय लिटर बढी पेट्रोल ल्याएको भेटिएको थियो। 

 इन्डियन आयल कर्पाेरेसन (आइओसी) र नेपाल आयल निगम बीचमा सेटिङ्ग भएकै कारण भारतीय आइओसीले २० हजार लिटर वरावरको रसिद दिएपनि हजारौँ लिटर बढि पेट्रोलीयम पदार्थ लिएर नेपाली ट्याङ्करले अवैध रुपमा नेपाल भित्रिदै आएको छ 

आइओसीले दिएको रसिद अनुसार नै ट्याङ्करहरु सजिलोसँग भन्सारबाट जाँचपास गराएर नेपाल भित्रिन्छ । 

भन्सार कार्यालयले पेट्रोलीयम पदार्थ बोकेर आएका ट्याङ्करहरुको चेकजाँच नगर्दा यो धन्दा दिनहु फस्टाउँदै गएको छ । 

नेपालीलाई मुर्ख बनाउन ट्यांकरमा पेट्रोलियम पदार्थ लोड भएपछि सिल गरिन्छ भनेर निगमले भनेपनि निगमको सेटिङ्ग र संलग्नता बिना पेट्रोलियम पदार्थको तस्करी सम्भव छैन ।

नेपालमा सुन तस्करी भन्दा पेट्रोलियम पदार्थको तस्करी झन् बिकराल रुप लिएको छ । नेपालमा एउटा ट्याङ्करले औसतमा १२ सय देखि ३५ सय  लिटरसम्म पेट्रोलियम पदार्थको अवैध तस्करी गर्दै आएको छ  जसको बजार मूल्य न्यूनतम दुई लाख देखी अधिक्तम मूल्य साढ़े छ लाखसम्म हुन आउँछ । तस्करीबाट राज्यलाइ प्रति ट्याङ्कर लाखौँ रुपैँया राजश्व घाटा हुने गर्दछ ।   

टैंक ट्रक लकिङ्ग प्रणाली सम्बन्धी कार्यविधि, २०७४ अनुसार ट्याङ्करको ताल्चा भारत र नेपालको आयल निगमसँग मात्रै हुँदा बीचमा चालकले तस्करी गर्न नसक्ने जानकारहरु बताउँछन् । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ५२ बजे