साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कञ्चनपुरमा प्रेमीको मृत्युको खबरपछि केही समयमै प्रेमिकाले गरिन् देह त्याग

कञ्चनपुर । कलिलै उमेरमा उनले लभ अर्थात् प्रेमकै कारण आफ्नो मृत्यु रोजिन्। प्रहरीका अनुसार शव फेला पर्नुभन्दा केही समयअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। यसबाट सो मृत्युको घटनाले प्रेमको अन्धोपन उजागर गरिदिएको छ। प्रेम कति अन्धो हुन्छ, भनेर सो घटनाले पुष्टि गरेको छ। बिहीबार (अस्तितिर) विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका १८ वर्षीय किशोर खगेन्द्र जाग्रीको मृत्यु भएपछि घटना भएको हो।

प्रहरीका अनुसार हिजो (शुक्रबार) बिहान जाग्रीको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। जिल्लाको वेदकोट नगरपालिका स्थायी घर भएका जाग्रीले मृत्युको २ दिनअघि विषादी सेवन गरेको बताइन्छ।
जाग्रीको मृत्युुलगत्तै हेमाले देहत्याग गरेकी छन्। अर्थात् भीमदत्त नगरपालिकामा प्रेमी (खगेन्द्र) र प्रेमिका (हेमा)को एकैदिन मरण भएको छ। हेमा भीमदत्त नगरपालिका–४ मा आफू बस्ने कोठामै झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकारीका अनुसार हेमा कोठा भाडामा लिएर पढ्न एक्लै महेन्द्रनगर भगतपुरको बन्देबी टोलमा बस्दै आएकी थिइन्। आफ्नो प्रेमी जाग्रीको मृत्युको खबर पाएपछि हेमाले प्राण त्याग्नुअघि समाजिक संजाल फेसबुकमा आफ्नो र प्रेमी युवकको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। प्रहरी अनुसन्धानबाट उनीहरुको सोसल मिडियाबाट लभ परेको र उनीहरु फरक फरक स्कुलमा पढ्ने भएपनि महेन्द्रनगरमै पढ्ने गरेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पछिल्लोसमय सुदूरपश्चिममा यस्ता घटनाहरु बढ्दै गएको देखिन्छ। सोसल मिडियाबाट ब्लाइन्ड लभ पर्ने र कहिले धोकाधडी त कहिले प्रेमकै नाममा ज्यान गुमाउनेहरु बढिरहेको प्रहरीकै तथ्यांक बताउँछ। एक प्रहरी अधिकृतका अनुसार यो कञ्चनपुर घटना पनि प्रेमकै कारण भएको हो। तर, एक्लै बस्ने किशोरीको साथमा परिवार अथवा अविभावक भएको भए सायद यो घटना हुन्थेन। पछिल्लो समय मोबाइलको दुरुपयोग र परिवारबाट अलग्गै बस्ने किशोर किशोरीहरु डिप्रेसन र आत्महत्याको सिकार बनिरहेका छन्।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ०३ बजे