दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

म्याद थप गर्न अनमोल केसीलाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ । उनलाई म्याद थप गर्न लैजान टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय लगिएको हो ।

आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ गरिएको थियो ।

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

शुक्रबार नै केसी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ४१ बजे