दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जलहरी प्रकरण : तत्कालीन सदस्य-सचिव ढकाल र वर्तमान सदस्य सचिव थापासहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा सुनको जलहरी निर्माणमा अनियमिता भएको ठहर गरेको छ ।

आयोगले अनियमिता भएको भन्दै पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै बिशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आइतबारविशेष अदालतमा तत्कालीन सदस्य सचिव  ढकाल, तत्कालीन कोषाध्यक्ष थापा र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ३९ बजे