बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

परीक्षामा थोरै नम्बर ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट

कपिलवस्तु।बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत ११ वर्षीय छात्रामाथि कुटपिट भएको हो । उनी बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी हुन् ।

विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाएका थिए । प्रतिस्पर्धामा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट कुटाइ खाएको पीडित बालिकाले बताइकी छन् । कुटपिटबाट छात्राको ढाडमा चोट लागेको छ ।

यसैबीच, कपिलवस्तु नगरपालिकाको सनसाइन आवासीय माविमा होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नभएपछि ११ वर्षीय अर्की छात्रा शिक्षकबाट कुटिएकी छन् ।

कम्प्युटर विषयका शिक्षकले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्रालाई पिट्दा देब्रे र दाहिने पाखुरा र हातमा नीलडाम बसेको छ । घटनाबारे अभिभावकले प्रहरीमा उजुरी दिएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ३ : १८ बजे