दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

होस्टेलमा आठ वर्षीय बालक मृत फेला : आफन्तद्वारा होस्टेल तोडफोड, सात राउण्ड अश्रुग्यास प्रहार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक बालक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

नगरपालिका–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा अध्ययनरत आठ वर्षीय बालक मृत भेटिएका हुन् ।

स्कुलमा मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयाे ।

उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । उनी शुक्रबार साँझ होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर जलाइदिएका छन् । घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ ।

मृतक बालकका आफन्तहरुले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा गरेका हुन् । प्रहरीले सात राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ । बालकको शव अहिलेसम्म उठाइएको छैन । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । आफन्तहरू आक्रोशित आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १ : ३४ बजे