बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

रेसुङ्गा-काठमाडौं विमान उडान समय तालिका परिवर्तन

गुल्मी । रेसुङ्गा विमानस्थलबाट उडान हुने गुल्मी-काठमाडौंको  समय तालिका परिवर्तन गरिएको छ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले गुल्मीबाट प्रत्येक हप्ताको मङ्गलवार र शुक्रवार रेसुङ्गाबाट उडान भर्दै आएको थियो। 

मङ्गलबार यात्रुको संख्यामा कमी आएपछि उडानको समय तालिका नै परिवर्तन गरिएको बताइएको छ। 

अबदेखि रेसुङ्गा विमानस्थलबाट विमानले हप्ताको बुधबार र शुक्रबार उडान गर्ने छ। एयरलाइन्सले पछिल्लो समय सरकारले भ्याट लगाएसँगै भाडादर वृद्धि समेत गरेको हो। जसमा  नयाँ भाडादरअनुसार रेसुङ्गादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। 

निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधबार बिहान साढे ६ बजे काठमाडौंबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधबार र शुक्रबार उडान गर्न अनुमति समेत दिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : ०१ बजे