सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत नेपाली पब्जी टिम सेमिफाइनलमा पुगेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो।

नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार प्रतिस्पर्धा गरेका हुन्।

आज भएको प्रतिस्पर्धामा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्‍यो। यो समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रह्यो।

आजै समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगेका छन्। यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्। नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगे।

अब चार समूहबाट आएका शीर्ष दुई९दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलका दुवै समूहमा चार–चार टिम हुनेछन्।

समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा शीर्ष तीन टिमले मेडल पाउनेछन्।

अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। पर्सी हुने फाइनलमा शीर्ष तीनमा पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : ३६ बजे