‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : ४० बजे