सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली फुटबलर विमल घर्तीमगर अष्ट्रेलिया पलायन

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अष्ट्रेलिया पलायन भएका छन् । एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

पछिल्लो समय यसरी खेलाडीहरू सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ। 

एन्फा एकेडेमीका उत्पादन घर्तीमगरले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : १७ बजे