काठमाडौं । नेपालमा अहिले दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् ।
सुरक्षा दिने प्रयोजनले गृह मन्त्रालयले तीन वर्षअघि बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) हरु छन् ।
भिआइपीको कार्यविधि पछ्याउँदा मुलुकमा लामो समयदेखि भिआइपीका नामले राज्यको ढुकुटी दुरूपयोग हुँदै आइरहेको छ ।
मुलुकमा प्रचलित कार्यविधिअनुसार विभिन्न उच्च ओहोदामा रहेका वर्तमान र पूर्वगरी दुई किसिमका भिआइपीहरु छन् । कार्यविधिअनुसार नेपालमा अतिविशिष्ट ( भिभिआइपी) र भिआइपी गरी दुई किसिमबाट व्याख्या गरिएको छ ।
नेपालमा वर्तमान भिआइपीको संख्या भन्दा पूर्व भिआइपीको संख्या बढी छ ।
प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ८ : १८ बजे
प्रतिक्रिया