‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

निपा भाइरसको जोखिममा नेपाल

काठमाडौं । छिमेकी भारतमा संक्रामक रोग देखिना साथ नेपाल पनि जोखिममा परेको मानिन्छ । पछिल्लो समय भारतको केरेलामा निपा भाइरसको महामारी फैलिएको छ ।

सन् १९९८ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको यो भाइरसबाट अहिलेसम्म ६ सयभन्दा बढीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले भारतको केरलामा २ जनाको मृत्यु भइसकेको छ ।

निपा भाइरस चमेराको सम्पर्कबाट पशु तथा पशुबाट मानिसमा सर्ने संक्रमण हो । यो मानिसबाट मानिसमा पनि सर्छ । अहिलेसम्म यो भाइरसविरुद्धको खोप विकसित भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म छ । भारतमा सन् २०१८ यता चौथो पटक यसको संक्रमण देखिइसकेको छ ।

निपा संक्रमण देखिएमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी, होस हराउँदै जाने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला निपाबारे भन्छन्, ‘यो चमेरा कि सुँगुर-बँगुर जातिबाट सर्छ । यिनीहरुको मासु राम्रोसँग पकाएन र काँचो मासु छुएर नाक-मुखमा हात लगायो भने पनि सर्न सक्छ । संक्रमितको खोकी र र्‍यालले पनि सर्न सक्छ ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ५ : १५ बजे