हाम्रो समाजमा एउटा भ्रमपूर्ण मान्यता विकास हुँदैछ र कम्युनिस्ट र सनातन परस्पर विरोधी मान्यता भन्ने भाष्य निर्माण गरिदैछ। यो भाष्यले व्यापकता पाएको छ, भनिन्छ, कम्युनिस्ट हरू सनातन संस्कृति र प्रकृति विरोधी हुन्छन्। त्यसैगरी सनातनीहरू कम्युनिस्ट विरोधी हुन्छन्। तर यो भाष्य पूर्णरूपमा भ्रमबाट सिर्जित भएको हो किनभने सारमा न कम्युनिस्ट हरू सनातन विरोधी हुन्छन् न त सनातनीहरू कम्युनिस्ट विरोधी हुन्छन्। यो यथार्थ बुझ्नका लागि हामीले कम्युनिस्ट र सनातनको सार र लक्ष्य बुझ्न सक्नुपर्छ। वास्तवमा हामी जेजस्तो राजनीतिक तथा धार्मिक साहित्यहरू पढिरहेका छौँ र विचारहरू सुनिरहेका छौँ, त्यसले हामीलाई झुक्काउने काम गरिरहेको छ।
हाम्रो समाज र राज्यका अङ्गहरू पुँजीवादी चरित्रबाट प्रभावित भइरहेको छ। जसले कम्युनिस्ट र सनातनको सार र लक्ष्य बुझ्न दिइरहेको छैन। त्यसैले त पुँजीवादी समाजको चरित्र सधैँ भ्रममा रमाउने, कमजोरलाई दबाउने र आफ्नो मात्र प्रगति खोज्ने हुन्छ। अनि पुँजीवाद हाबी भएको समाजमा दमन, शोषण र उत्पीडनका घटनाहरू भइरहेका हुन्छन्। तर न्यायपूर्ण समाजको निर्माण र दिगो विकास गर्नमा पुँजीवादी सामाजिक तथा राजनैतिक चरित्र व्यवधान बन्छ भन्ने कुरो हामीले जनतालाई सु स्पष्ट भाषामा बुझाउन नसक्दा एकातिर राजनीतिमा प्रगतिशील लोकतन्त्रले अनपेक्षित रूपमा सनातनको विरोधको सामना गर्नुपरेको छ भने अर्कातिर बेला९बेलामा विभाजन र पराजयको धक्का पनि व्यहोर्नु परेको छ। जसका कारणले राज्यको चरित्र जनमुखी र लोकतन्त्रलाई प्रगतिशील बन्न दिएको छैन।
दक्षिण एसियाको कम्युनिस्ट आन्दोलन कमजोर देखिनु र यसलाई नवउदारवादले विस्थापन गर्ने वातावरण बन्नु र अवस्था देखिनुमा पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव व्यापक बिस्तार हुनु नै हो।
नेपाली समाजको आधारभूत चरित्र भनेकै हुनेले नहुनेलाई सहयोग गर्ने, सामाजिक विकासमा दान दक्षिणा दिने र पाटी पौवा, मठमन्दिर र शिक्षालयहरू बनाउने हो। तथापि यसलाई पुण्य कमाउने दृष्टिकोणबाट व्याख्या गरिएको किन नहोस्। जुन समाजवादको मूल चरित्रसँग मिल्थ्यो, भलै त्यसलाई सनातनी संस्कृति भनिन्थ्यो। संयुक्त परिवार प्रथामा परिवारका सदस्यहरू एकै घरमा रहने, एउटै भान्सामा खाने, घरमुलीको नेतृत्वमा बस्ने र कमाउनेको कमाई परिवारको हितमा उपयोग गर्ने जुन अभ्यास थियो, त्यो कम्युनियनसँग मिल्थ्यो। समाजको यो खालको चरित्रलाई हामीले समाजवाद निर्माणको आधार बनाउनु सक्नुपर्थ्यो। तर पश्चिमा जीवन दर्शन र शैलीको प्रभावमा परेर हामीले एकातिर सनातन संस्कृति र प्रकृति बुझेनौँ भने अर्कातिर हाम्रो पूर्वीय सनातन संस्कृति र प्रकृतिको आधार भत्कायौँ।
पूर्वीय जीवन दर्शनले “हामी” भन्ने मान्यताबाट समाजलाई अघि बढ्न प्रेरित गरिरहेको हुन्छ। जसलाई हामीले समाजवाद निर्माणको आधार बनाउन सक्नुपर्थ्यो। शिक्षामा पूर्वीय जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव कमजोर हुँदै पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव र दबाब बढ्दा हामीमा ‘म’ भन्ने संस्कार र संस्कृति हाबी भयो। अथवा हाम्रो शिक्षा र समाजमा जतिजति पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणाली हाबी हुन थाल्यो उतिउति हाम्रो समाज र राजनीतिमा दलाल पुँजीवाद अर्थात् नवउदारवादको प्रभाव र दबाब बढ्न थालेको राजनीतिक तथा सामाजिक घटनाहरूले पुष्टि गर्छ।
दक्षिण एसियाको कम्युनिस्ट आन्दोलन कमजोर देखिनु र यसलाई नवउदारवादले विस्थापन गर्ने वातावरण बन्नु र अवस्था देखिनुमा पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव व्यापक बिस्तार हुनु नै हो।
अन्यथा वर्गीय अर्थात् सनातन संस्कृति र प्रकृतिमा अभ्यस्त समुदाय र सामाजिक९आर्थिक रूपमा कमजोर वर्गले कम्युनिस्ट राजनीतिको विपक्षमा उभिने परिस्थिति र मनस्थिति बन्ने थिएन। त्यसैले भन्न सकिन्छ, नवउदारवादले छरेको भ्रमलाई कम्युनिस्ट हरूले तथ्यसँगत ढङ्गले चिर्न नसक्दा एकातिर कम्युनिस्ट हरू सनातन संस्कृति र प्रकृतिका विरोधी देखिए भने अर्कातिर समाजको चरित्र समाजवादउन्मुखबाट नभएर नवउदारवादउन्मुख बन्दैछ।
यो खालको राजनीतिक अवस्थालाई चिर्न र कम्युनिस्ट राजनीतिलाई जनताको प्रत्यक्ष सरोकारको विषय बनाउन जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत प्रयास गर्दा उनको षडयन्त्रपूर्ण तरिकाबाट मारियो।
तर हामीले बुझ्नु र बुझाउनु पर्थ्यो, कम्युनिस्ट राजनीति र सनातन संस्कृति र प्रकृतिमा प्रयोग हुने केही महत्त्वपूर्ण शब्दावलीहरू जुन एक आपसमा धेरै मिल्दोजुल्दो छ। जस्तैस् समता, समानता, परिवर्तन, समयसापेक्ष वैचारिक धारणा ९संस्कृति०, प्रकृति ९जल, जमिन, अग्नि, वायु र आकाश०, वसुधैव कुटुम्बकम् ९संसारका मजदुर एक हौँ०, न्याय, वितरण र उपभोग आदि शब्दहरूले त्यसलाई प्रमाणित गर्छ। तर पनि सनातन संस्कृति र प्रकृति र कम्युनिस्ट राजनीतिलाई एकआपसको विरोधीका रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ। जबकि मार्क्सले पूर्वीय दर्शनको जगमा मार्क्सवादको परिकल्पना गरेका थिए। यो पक्षलाई हामीले नजरअन्दाज गरिरहेका छौँ।
समाजमा सनातन संस्कृति र प्रकृतिप्रतिको लगाव कमजोर बनाउने मनसायका साथ धर्मनिरपेक्षतामार्फत पश्चिमा धर्म संस्कृतिको प्रभाव बलियो बनाउने काममा जानेर वा नजानेर कम्युनिस्ट हरू सक्रिय भएर लागेको पाइयो। वास्तवमा कम्युनिस्ट हरूले बुझ्नुपर्छ, सनातन संस्कृति, प्रकृति र अभ्यास प्रभावकारी नबनाईकन दक्षिण एसियामा कम्युनिस्ट राजनीति बलियो र प्रभावकारी बनाउन सकिन्न। त्यसैले शिक्षामा पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव र विस्तार रोक्नुपर्छ। पछिल्लो समय सङ्घीयता पनि कम्युनिस्ट राजनीति नै कमजोर बनाउनका लागि लादिएको थियो। जबकि सङ्घीयताको मुद्दा नेपामा प्रवेश गराउन माझण्डहरू जस्ता रूपका कम्युनिस्ट हरूको प्रयोग भइरहेको छ। त्यसैले भन्न सकिन्छ, सनातन संस्कृति र प्रकृति अनि पूर्वीय जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको विरुद्धमा लागेका माझण्डहरू रूपमा कम्युनिस्ट देखिन्छन् त सारमा नवउदारवादको प्रतिनिधि हुन्।
गजब के हो भने जुन९जुन मुद्दाले कम्युनिस्ट राजनीतिको आधार भत्काउन सहयोगी बन्थ्यो, त्यही त्यही मुद्दाहरू माझण्डहरूमार्फत उठाउन लगाइयो। जसलाई नेपालका सच्चा कम्युनिस्ट हरूले समय मै चिन्न सकेनन् र अझै पनि चिन्न सकिरहेका छैनन्। जसका कारणले न्यायपूर्ण समाज र प्रगतिशील लोकतन्त्रको बाटोमा अवरोध सिर्जना गर्न माझण्डहरू प्रयोग भइरहँदा पनि त्यसको सशक्त प्रतिवाद हुन सकेन। फेरि हाम्रो चेतनाले आफ्ना विरुद्ध आफै प्रयोग भइरहेको यथार्थ थाहै पाएन। परिणामस्वरूप कम्युनिस्ट जनमत विभाजित गराएर नवउदारवाद बलियो बनाउने अनि सनातन संस्कृति र प्रकृति कमजोर बनाउन पुँजीवादीहरू सक्रिय भइरहने परिस्थिति तयार गरियो।
त्यसैले जनताको बहुदलीय जनवादीहरूले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने लोकतान्त्रिक विधि मानेर पुंजीादको असल पक्ष स्वीकार गरेझैँ सनातन संस्कृति र प्रकृतिको वैज्ञानिक पक्षलाई स्विकारेर जनताको बहुदलीय जनवाद (जबज) लाई थप व्याख्या गर्नुपर्छ किनभने सनातन संस्कृति र कम्युनिस्ट राजनीतिको सार र लक्ष्य सैद्धान्तिक र व्यावहारिक रूपमा धेरै मिल्छ। अचम्म त के भने जो९जो सनातन संस्कृतिको सार र लक्ष्य विपरीतको राजनीतिक सिद्धान्तबाट निर्देशित भइरहेका छन्, उनीहरू नै आफूलाई सनातनी भनेर जनता झुक्काउने राजनीति गरिरहेका छन्।
फेरि नेपालमा सनातन संस्कृति र प्रकृतिलाई राजतन्त्रवादीहरूले वैचारिक आधार बनाएको केही समयको अभ्यासलाई हेरेर हामीले सनातन संस्कृति र प्रकृति कम्युनिस्ट मान्यता विपरीत भन्ने भ्रममा पर्यौं। यो भ्रमलाई बढाउन पनि माझण्डहरूको गतिविधिहरूले सघाएको स्पष्ट देखिन्छ। यो खालको अन्तर्विरोध र विरोधाभासलाई नवउदारवादले आफ्नो राजनीति बलियो बनाउने आधार बनाउँदै छन्। जुन हामीले अझै पनि बुझ्न सकिरहेका छैनौँ। वास्तवमा राजतन्त्रवादी अर्थात् दक्षिणपन्थीहरूले सनातन संस्कृति र प्रकृतिका विरुद्धको राजनीतिक गतिविधिहरू गरिरहेका छन् किनभने उनीहरू न्यायपूर्ण समाजको निर्माणमा जनता सार्वभौम हुन्छन् भन्ने मान्यता मान्दैनन्।
हाम्रो यो अज्ञानता अथवा दिग्भ्रमित मानसिक अवस्थालाई नवउदारवादीहरूले आफ्नो राजनीतिक धरातल फराकिलो र बलियो बनाउने आधार बनाउँदै छन्। पहिलो निर्वाचनमा आएको परिणाम पनि त्यसकै परिणति थियो। कम्युनिस्ट राजनीतिमा सनातन संस्कृति र प्रकृतिको भूमिका स्पष्ट रूपमा नबुझ्नुका पछाडि हामीले प्राप्त गरिरहेको खराब शिक्षा र सूचना नै हो। वास्तवमा हाम्रो समाजमा व्याप्त कुरीति र विसँतिले नै सनातन संस्कृति र प्रकृतिमाथि प्रश्न उठाउने अवसर दिइरहेको छ।
जबकि ती कुरीति र विसँतिहरू हटाउन कम्युनिस्ट राजनीतिले प्रत्यक्ष भूमिका खेलिरहेको छ। तर कम्युनिस्ट हरूको यो भूमिका जनताले बुझ्न सकिरहेका वा बुझ्ने मौका पाइरहेका छैनन्।
नेपालको कम्युनिस्ट राजनीतिमा पूर्वीय दर्शन, जीवन दृष्टिकोण र प्रणालीलाई लिएर कायम भएको भ्रमले सनातन संस्कृति र प्रकृतिको भूमिका समाजवाद निर्माणमा सकारात्मक र रचनात्मक कोणबाट विश्लेषण भएको पाईंदैन्। जसले गर्दा कम्युनिस्ट भनेपछि सनातन संस्कृति र प्रकृति नमान्ने भन्ने भाष्य स्थापित गरियो। जबकि सनातन संस्कृति र प्रकृतिको सकारात्मक तथा वैज्ञानिक पक्षको संरक्षण र संवर्द्धन कम्युनिस्ट आन्दोलनको अनिवार्य एउटा सर्त हुनुपर्छ न कि नकारात्मक पक्षलाई मात्र हेरेर व्याख्या गर्ने परम्परा तोडौँ।
त्यसैले अहिले हामी अनुमान गर्न सक्छौँ, यदि नवउदारवादले मदन भण्डारीको दासढुंगामा सडक दुर्घटना गराएर हत्या नगरेको भए उनले सनातन संस्कृति र प्रकृतिका बारेमा थप व्याख्या गरेर समाजमा व्याप्त भ्रम अन्त्य गर्न सघाउनु हुन्थ्यो। अब मदन भण्डारीले छोडेर जानु भएको अधुरो काम पूरा गर्न जबजवादीहरूले जबजलाई परिष्कृत बनाउने दृष्टिकोणबाट बौद्धिक चिन्तन सुरु गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
हामीले आफैभित्र भएको वैचारिक क्षमता र अभ्यासहरूलाई चिनेनौँ। परिवर्तनको कुरा गर्दा आफ्नो मौलिक धरातल पनि बिर्सियौँ। व्यवहारमा अपनाउँदै आएको कम्युनियन “संयुक्त परिवार प्रणाली” मा परिवारका सदस्यहरूको भूमिका र कर्तव्य अनि प्रकृतिका नाममा समृद्ध संस्कृति र परम्पराका वैज्ञानिक पक्षलाई छोड्यौ। अर्थात् शाब्दिक आधुनिकता खोज्दा सनातन संस्कृति र प्रकृतिको वैज्ञानिक पक्षलाई नराम्रो देख्यौँ। व्यवहारमा अपनाइएको वैज्ञानिक पक्षको अध्ययन विश्लेषण नै नगरी नयाँ बनाउने होडमा लाग्दा पश्चिमा संस्कृतिलाई ग्रहण गर्ने र आफ्नो मौलिकता छोड्ने बानी हामीमा विकास भयो। ब्रिटिस शासनकालमा म्याकुले सिद्धान्तबाट दीक्षित राजनीतिले आज भारतमा केही दिन यता भएको सनातन विरोध र समर्थनमा भइरहेको राजनीतिले फेरि हामीलाई अलमल्याउने त होइन रु विवेक पु¥याएर होसियारीपूर्वक अघि बढ्नु पर्ने भएको छ।हाम्रो समाजमा एउटा भ्रमपूर्ण मान्यता विकास हुँदैछ र कम्युनिस्ट र सनातन परस्पर विरोधी मान्यता भन्ने भाष्य निर्माण गरिदैछ। यो भाष्यले व्यापकता पाएको छ, भनिन्छ, कम्युनिस्ट हरू सनातन संस्कृति र प्रकृति विरोधी हुन्छन्। त्यसैगरी सनातनीहरू कम्युनिस्ट विरोधी हुन्छन्। तर यो भाष्य पूर्णरूपमा भ्रमबाट सिर्जित भएको हो किनभने सारमा न कम्युनिस्ट हरू सनातन विरोधी हुन्छन् न त सनातनीहरू कम्युनिस्ट विरोधी हुन्छन्। यो यथार्थ बुझ्नका लागि हामीले कम्युनिस्ट र सनातनको सार र लक्ष्य बुझ्न सक्नुपर्छ। वास्तवमा हामी जेजस्तो राजनीतिक तथा धार्मिक साहित्यहरू पढिरहेका छौँ र विचारहरू सुनिरहेका छौँ, त्यसले हामीलाई झुक्काउने काम गरिरहेको छ।
हाम्रो समाज र राज्यका अङ्गहरू पुँजीवादी चरित्रबाट प्रभावित भइरहेको छ। जसले कम्युनिस्ट र सनातनको सार र लक्ष्य बुझ्न दिइरहेको छैन। त्यसैले त पुँजीवादी समाजको चरित्र सधैँ भ्रममा रमाउने, कमजोरलाई दबाउने र आफ्नो मात्र प्रगति खोज्ने हुन्छ। अनि पुँजीवाद हाबी भएको समाजमा दमन, शोषण र उत्पीडनका घटनाहरू भइरहेका हुन्छन्। तर न्यायपूर्ण समाजको निर्माण र दिगो विकास गर्नमा पुँजीवादी सामाजिक तथा राजनैतिक चरित्र व्यवधान बन्छ भन्ने कुरो हामीले जनतालाई सु स्पष्ट भाषामा बुझाउन नसक्दा एकातिर राजनीतिमा प्रगतिशील लोकतन्त्रले अनपेक्षित रूपमा सनातनको विरोधको सामना गर्नुपरेको छ भने अर्कातिर बेला९बेलामा विभाजन र पराजयको धक्का पनि व्यहोर्नु परेको छ। जसका कारणले राज्यको चरित्र जनमुखी र लोकतन्त्रलाई प्रगतिशील बन्न दिएको छैन।
नेपाली समाजको आधारभूत चरित्र भनेकै हुनेले नहुनेलाई सहयोग गर्ने, सामाजिक विकासमा दान दक्षिणा दिने र पाटी पौवा, मठमन्दिर र शिक्षालयहरू बनाउने हो। तथापि यसलाई पुण्य कमाउने दृष्टिकोणबाट व्याख्या गरिएको किन नहोस्। जुन समाजवादको मूल चरित्रसँग मिल्थ्यो, भलै त्यसलाई सनातनी संस्कृति भनिन्थ्यो। संयुक्त परिवार प्रथामा परिवारका सदस्यहरू एकै घरमा रहने, एउटै भान्सामा खाने, घरमुलीको नेतृत्वमा बस्ने र कमाउनेको कमाई परिवारको हितमा उपयोग गर्ने जुन अभ्यास थियो, त्यो कम्युनियनसँग मिल्थ्यो। समाजको यो खालको चरित्रलाई हामीले समाजवाद निर्माणको आधार बनाउनु सक्नुपर्थ्यो। तर पश्चिमा जीवन दर्शन र शैलीको प्रभावमा परेर हामीले एकातिर सनातन संस्कृति र प्रकृति बुझेनौँ भने अर्कातिर हाम्रो पूर्वीय सनातन संस्कृति र प्रकृतिको आधार भत्कायौँ।
पूर्वीय जीवन दर्शनले “हामी” भन्ने मान्यताबाट समाजलाई अघि बढ्न प्रेरित गरिरहेको हुन्छ। जसलाई हामीले समाजवाद निर्माणको आधार बनाउन सक्नुपर्थ्यो। शिक्षामा पूर्वीय जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव कमजोर हुँदै पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव र दबाब बढ्दा हामीमा ‘म’ भन्ने संस्कार र संस्कृति हाबी भयो। अथवा हाम्रो शिक्षा र समाजमा जतिजति पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणाली हाबी हुन थाल्यो उतिउति हाम्रो समाज र राजनीतिमा दलाल पुँजीवाद अर्थात् नवउदारवादको प्रभाव र दबाब बढ्न थालेको राजनीतिक तथा सामाजिक घटनाहरूले पुष्टि गर्छ।
दक्षिण एसियाको कम्युनिस्ट आन्दोलन कमजोर देखिनु र यसलाई नवउदारवादले विस्थापन गर्ने वातावरण बन्नु र अवस्था देखिनुमा पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव व्यापक बिस्तार हुनु नै हो।
सनातन संस्कृति र प्रकृतिमा अभ्यस्त समुदाय र सामाजिक आर्थिक रूपमा कमजोर वर्गले कम्युनिस्ट राजनीतिको विपक्षमा उभिने परिस्थिति र मनस्थिति बन्ने थिएन। त्यसैले भन्न सकिन्छ, नवउदारवादले छरेको भ्रमलाई कम्युनिस्ट हरूले तथ्यसँगत ढङ्गले चिर्न नसक्दा एकातिर कम्युनिस्ट हरू सनातन संस्कृति र प्रकृतिका विरोधी देखिए भने अर्कातिर समाजको चरित्र समाजवादउन्मुखबाट नभएर नवउदारवादउन्मुख बन्दैछ।
यो खालको राजनीतिक अवस्थालाई चिर्न र कम्युनिस्ट राजनीतिलाई जनताको प्रत्यक्ष सरोकारको विषय बनाउन जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत प्रयास गर्दा उनको षडयन्त्रपूर्ण तरिकाबाट मारियो।
अन्यथा वर्गीय अर्थात् सनातन संस्कृति र प्रकृतिमा अभ्यस्त समुदाय र सामाजिक आर्थिक रूपमा कमजोर वर्गले कम्युनिस्ट राजनीतिको विपक्षमा उभिने परिस्थिति र मनस्थिति बन्ने थिएन। त्यसैले भन्न सकिन्छ, नवउदारवादले छरेको भ्रमलाई कम्युनिस्ट हरूले तथ्यसँगत ढङ्गले चिर्न नसक्दा एकातिर कम्युनिस्ट हरू सनातन संस्कृति र प्रकृतिका विरोधी देखिए भने अर्कातिर समाजको चरित्र समाजवादउन्मुखबाट नभएर नवउदारवादउन्मुख बन्दैछ।
यो खालको राजनीतिक अवस्थालाई चिर्न र कम्युनिस्ट राजनीतिलाई जनताको प्रत्यक्ष सरोकारको विषय बनाउन जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत प्रयास गर्दा उनको षडयन्त्रपूर्ण तरिकाबाट मारियो।
तर हामीले बुझ्नु र बुझाउनु पर्थ्यो, कम्युनिस्ट राजनीति र सनातन संस्कृति र प्रकृतिमा प्रयोग हुने केही महत्त्वपूर्ण शब्दावलीहरू जुन एक आपसमा धेरै मिल्दोजुल्दो छ। जस्तैस् समता, समानता, परिवर्तन, समयसापेक्ष वैचारिक धारणा (संस्कृति), प्रकृति (जल, जमिन, अग्नि, वायु र आकाश), वसुधैव कुटुम्बकम् (संसारका मजदुर एक हौँ), न्याय, वितरण र उपभोग आदि शब्दहरूले त्यसलाई प्रमाणित गर्छ। तर पनि सनातन संस्कृति र प्रकृति र कम्युनिस्ट राजनीतिलाई एकआपसको विरोधीका रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ। जबकि मार्क्सले पूर्वीय दर्शनको जगमा मार्क्सवादको परिकल्पना गरेका थिए। यो पक्षलाई हामीले नजरअन्दाज गरिरहेका छौँ।
समाजमा सनातन संस्कृति र प्रकृतिप्रतिको लगाव कमजोर बनाउने मनसायका साथ धर्मनिरपेक्षतामार्फत पश्चिमा धर्म संस्कृतिको प्रभाव बलियो बनाउने काममा जानेर वा नजानेर कम्युनिस्ट हरू सक्रिय भएर लागेको पाइयो। वास्तवमा कम्युनिस्ट हरूले बुझ्नुपर्छ, सनातन संस्कृति, प्रकृति र अभ्यास प्रभावकारी नबनाईकन दक्षिण एसियामा कम्युनिस्ट राजनीति बलियो र प्रभावकारी बनाउन सकिन्न। त्यसैले शिक्षामा पश्चिमा जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको प्रभाव र विस्तार रोक्नुपर्छ। पछिल्लो समय सङ्घीयता पनि कम्युनिस्ट राजनीति नै कमजोर बनाउनका लागि लादिएको थियो। जबकि सङ्घीयताको मुद्दा नेपामा प्रवेश गराउन माझण्डहरू जस्ता रूपका कम्युनिस्ट हरूको प्रयोग भइरहेको छ। त्यसैले भन्न सकिन्छ, सनातन संस्कृति र प्रकृति अनि पूर्वीय जीवन दर्शन र शैली अनि चिन्तन प्रणालीको विरुद्धमा लागेका माझण्डहरू रूपमा कम्युनिस्ट देखिन्छन् त सारमा नवउदारवादको प्रतिनिधि हुन्।
गजब के हो भने जुन-जुन मुद्दाले कम्युनिस्ट राजनीतिको आधार भत्काउन सहयोगी बन्थ्यो, त्यही त्यही मुद्दाहरू माझण्डहरूमार्फत उठाउन लगाइयो। जसलाई नेपालका सच्चा कम्युनिस्ट हरूले समय मै चिन्न सकेनन् र अझै पनि चिन्न सकिरहेका छैनन्। जसका कारणले न्यायपूर्ण समाज र प्रगतिशील लोकतन्त्रको बाटोमा अवरोध सिर्जना गर्न माझण्डहरू प्रयोग भइरहँदा पनि त्यसको सशक्त प्रतिवाद हुन सकेन। फेरि हाम्रो चेतनाले आफ्ना विरुद्ध आफै प्रयोग भइरहेको यथार्थ थाहै पाएन। परिणामस्वरूप कम्युनिस्ट जनमत विभाजित गराएर नवउदारवाद बलियो बनाउने अनि सनातन संस्कृति र प्रकृति कमजोर बनाउन पुँजीवादीहरू सक्रिय भइरहने परिस्थिति तयार गरियो।
त्यसैले जनताको बहुदलीय जनवादीहरूले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने लोकतान्त्रिक विधि मानेर पुंजीादको असल पक्ष स्वीकार गरेझैँ सनातन संस्कृति र प्रकृतिको वैज्ञानिक पक्षलाई स्विकारेर जनताको बहुदलीय जनवाद (जबज) लाई थप व्याख्या गर्नुपर्छ किनभने सनातन संस्कृति र कम्युनिस्ट राजनीतिको सार र लक्ष्य सैद्धान्तिक र व्यावहारिक रूपमा धेरै मिल्छ। अचम्म त के भने जो-जो सनातन संस्कृतिको सार र लक्ष्य विपरीतको राजनीतिक सिद्धान्तबाट निर्देशित भइरहेका छन्, उनीहरू नै आफूलाई सनातनी भनेर जनता झुक्काउने राजनीति गरिरहेका छन्।
फेरि नेपालमा सनातन संस्कृति र प्रकृतिलाई राजतन्त्रवादीहरूले वैचारिक आधार बनाएको केही समयको अभ्यासलाई हेरेर हामीले सनातन संस्कृति र प्रकृति कम्युनिस्ट मान्यता विपरीत भन्ने भ्रममा पर्यौं। यो भ्रमलाई बढाउन पनि माझण्डहरूको गतिविधिहरूले सघाएको स्पष्ट देखिन्छ। यो खालको अन्तर्विरोध र विरोधाभासलाई नवउदारवादले आफ्नो राजनीति बलियो बनाउने आधार बनाउँदै छन्। जुन हामीले अझै पनि बुझ्न सकिरहेका छैनौँ। वास्तवमा राजतन्त्रवादी अर्थात् दक्षिणपन्थीहरूले सनातन संस्कृति र प्रकृतिका विरुद्धको राजनीतिक गतिविधिहरू गरिरहेका छन् किनभने उनीहरू न्यायपूर्ण समाजको निर्माणमा जनता सार्वभौम हुन्छन् भन्ने मान्यता मान्दैनन्।
नातन संस्कृति र प्रकृतिलाई राजतन्त्रवादीहरूले वैचारिक आधार बनाएको केही समयको अभ्यासलाई हेरेर हामीले सनातन संस्कृति र प्रकृति कम्युनिस्ट मान्यता विपरीत भन्ने भ्रममा पर्यौं। यो भ्रमलाई बढाउन पनि माझण्डहरूको गतिविधिहरूले सघाएको स्पष्ट देखिन्छ। यो खालको अन्तर्विरोध र विरोधाभासलाई नवउदारवादले आफ्नो राजनीति बलियो बनाउने आधार बनाउँदै छन्। जुन हामीले अझै पनि बुझ्न सकिरहेका छैनौँ। वास्तवमा राजतन्त्रवादी अर्थात् दक्षिणपन्थीहरूले सनातन संस्कृति र प्रकृतिका विरुद्धको राजनीतिक गतिविधिहरू गरिरहेका छन् किनभने उनीहरू न्यायपूर्ण समाजको निर्माणमा जनता सार्वभौम हुन्छन् भन्ने मान्यता मान्दैनन्।
हाम्रो यो अज्ञानता अथवा दिग्भ्रमित मानसिक अवस्थालाई नवउदारवादीहरूले आफ्नो राजनीतिक धरातल फराकिलो र बलियो बनाउने आधार बनाउँदै छन्। पहिलो निर्वाचनमा आएको परिणाम पनि त्यसकै परिणति थियो। कम्युनिस्ट राजनीतिमा सनातन संस्कृति र प्रकृतिको भूमिका स्पष्ट रूपमा नबुझ्नुका पछाडि हामीले प्राप्त गरिरहेको खराब शिक्षा र सूचना नै हो। वास्तवमा हाम्रो समाजमा व्याप्त कुरीति र विसँतिले नै सनातन संस्कृति र प्रकृतिमाथि प्रश्न उठाउने अवसर दिइरहेको छ।
जबकि ती कुरीति र विसँतिहरू हटाउन कम्युनिस्ट राजनीतिले प्रत्यक्ष भूमिका खेलिरहेको छ। तर कम्युनिस्ट हरूको यो भूमिका जनताले बुझ्न सकिरहेका वा बुझ्ने मौका पाइरहेका छैनन्।
नेपालको कम्युनिस्ट राजनीतिमा पूर्वीय दर्शन, जीवन दृष्टिकोण र प्रणालीलाई लिएर कायम भएको भ्रमले सनातन संस्कृति र प्रकृतिको भूमिका समाजवाद निर्माणमा सकारात्मक र रचनात्मक कोणबाट विश्लेषण भएको पाईंदैन्। जसले गर्दा कम्युनिस्ट भनेपछि सनातन संस्कृति र प्रकृति नमान्ने भन्ने भाष्य स्थापित गरियो। जबकि सनातन संस्कृति र प्रकृतिको सकारात्मक तथा वैज्ञानिक पक्षको संरक्षण र संवर्द्धन कम्युनिस्ट आन्दोलनको अनिवार्य एउटा सर्त हुनुपर्छ न कि नकारात्मक पक्षलाई मात्र हेरेर व्याख्या गर्ने परम्परा तोडौँ।
त्यसैले अहिले हामी अनुमान गर्न सक्छौँ, यदि नवउदारवादले मदन भण्डारीको दासढुंगामा सडक दुर्घटना गराएर हत्या नगरेको भए उनले सनातन संस्कृति र प्रकृतिका बारेमा थप व्याख्या गरेर समाजमा व्याप्त भ्रम अन्त्य गर्न सघाउनु हुन्थ्यो। अब मदन भण्डारीले छोडेर जानु भएको अधुरो काम पूरा गर्न जबजवादीहरूले जबजलाई परिष्कृत बनाउने दृष्टिकोणबाट बौद्धिक चिन्तन सुरु गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
हामीले आफैभित्र भएको वैचारिक क्षमता र अभ्यासहरूलाई चिनेनौँ। परिवर्तनको कुरा गर्दा आफ्नो मौलिक धरातल पनि बिर्सियौँ। व्यवहारमा अपनाउँदै आएको कम्युनियन “संयुक्त परिवार प्रणाली” मा परिवारका सदस्यहरूको भूमिका र कर्तव्य अनि प्रकृतिका नाममा समृद्ध संस्कृति र परम्पराका वैज्ञानिक पक्षलाई छोड्यौ। अर्थात् शाब्दिक आधुनिकता खोज्दा सनातन संस्कृति र प्रकृतिको वैज्ञानिक पक्षलाई नराम्रो देख्यौँ। व्यवहारमा अपनाइएको वैज्ञानिक पक्षको अध्ययन विश्लेषण नै नगरी नयाँ बनाउने होडमा लाग्दा पश्चिमा संस्कृतिलाई ग्रहण गर्ने र आफ्नो मौलिकता छोड्ने बानी हामीमा विकास भयो। ब्रिटिस शासनकालमा म्याकुले सिद्धान्तबाट दीक्षित राजनीतिले आज भारतमा केही दिन यता भएको सनातन विरोध र समर्थनमा भइरहेको राजनीतिले फेरि हामीलाई अलमल्याउने त होइन ? विवेक पु¥याएर होसियारीपूर्वक अघि बढ्नु पर्ने भएको छ।
प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार २ : ५८ बजे
प्रतिक्रिया