‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चिकित्सकको आन्दोलन आज पनि

काठमाडौं । बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा आन्दोलन गरेका छन् । 

मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइँदैन, शान्ति सुरक्षा कायम गर लगायतका नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागु गर्नुपर्ने उनीहरूको माग छ ।

यता गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

यस्तै, पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई कानुनबमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  २ : १८ बजे