‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूकाे प्रदर्शन

काठमाडौँ । शिक्षकहरूले टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। 

महासंघसँगको सहमतिमा आफूहरूको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत, पेन्सन वञ्चित, उमावि अनुदान, अस्थायी/करार बालविकास शिक्षक, कर्मचारी र कार्यालय सहयोगीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । आन्दोलनको क्रममा बुधवार प्रहरीले लाठीचार्ज गरेको थियो। शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै शिक्षकहरू आक्रोशित बनेका हुन् । उनीहरूले शिक्षकहरूसँग वार्ता गरेर माग सम्बोधन गर्नुको साटो प्रहरी लगाएर राज्यले दमन गर्न खोजेको आरोप लगाएका छन्। 

उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकाले ।

शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त भएको छ । उनीहरूले विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गरेका छन् ।

राहत शिक्षकले शतप्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरूले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षकसरह तलब हुनुपर्नेलगायत माग राखेका छन् । विगत ९ दिनदेखि उनीहरुले आन्दोलन गर्दै आएका छन्। 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  २ : ०५ बजे