काठमाडौं । पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमती पेस्तोलबाट चलेको गोली लागेर गम्भीर घाइते भएकी छिन ।
सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर घाइते भएकी हुन् । घाइते भए लगतै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताएका छन् ।
यस विषयमा प्रहरी वृत्त, महाराजगञ्ज र जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार ७ : ५७ बजे
प्रतिक्रिया