मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

आज काठमाडौँ उपत्यका र मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । आज काठमाडौं उपत्यका र मधेस प्रदेशमा सार्बजनिक बिदा दिईएको छ ।

काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व र मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीहरुले मनाउने पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएको  हो । 

जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिएको इन्द्रजात्रा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने गर्छ । यस जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

त्यस्तै  प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन्  ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ५४ बजे