मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–१ का ४१ वर्षीय लक्ष्मण दयालको करेण्ट लागेर मृत्यु भएको हो।

आज (बुधबार) दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा करेण्ट लागेर घाइते भएका दयालको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : २२ बजे