मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

ईःको स्वास्थ्य अवस्था बिग्रिँदै,जस्तो सुकै पीडा भए पनि बेलुकासम्म उभिने अडान

काठमााडौं । स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि अभियान्ता ईःले बुधबार बेलुकासम्म उभिने अडान लिएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई चुनाव अघिका बाचा सुझाउन आन्दोलित भएका ईःले आफूलाई जस्तो पीडा भए पनि माग सम्बोधन नभएसम्म उभिने बताएका हुन्।

लगातार एकसाताअघिदेखि उभिएका ईःका खुट्टा सुन्निएर टनटन्ती भएका छन्। ‘मेरो यो पीडा केही होइन। जो सडक पेटीमा, ठेलागाडा, साइकलमा व्यापार गर्ने व्यापारीले भोग्नु परेको छ। म उहाँहरुको हितको निम्ती जस्तो सुकै परिस्थिति भोग्न पनि तयार छु। बेलुकासम्मको अवस्था के हुन्छ हेरौं,’ उनले भने।

आफ्नो माग सम्बोधन नभए आन्दोलन लम्बिनसक्नेसमेत उनले बताएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : ०८ बजे