मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

राहत शिक्षकपछि व्यवसायीले पनि गरे सडकमै सुतेर आन्दाेलन,महानगरसँगकाे वार्ता अनिश्चित

काठमाडाैँ । शिक्षा विधेयककाे विराेधमा आन्दाेलनरत राहत शिक्षकपछि फुटपाथ व्यवसायीहरूले पनि काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडिकाे सडकमा सुतेर विराेध प्रदर्शन गरेका छन् । 

महानगरका मेयर बालेन शाहलाई आफ्ना माग पूरा गर्न दबाब दिने उदेश्यले उनीहरू सडकमै सुते विराेध गरेका हुन् ।

यसैबीच, तीन व्यवसायी संघठनले विज्ञप्ति जारी गर्दै मेयर शाहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ‘ई’ पक्षधर व्यवसायी र काठमाडौं महानगरबीचको मंगलवारको वार्ता निष्कर्षविहीन बनेको छ । 

महानगरले कुनै पनि ऐन र कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न नमिल्ने बताएकाे छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका सचिवालय सदस्य भूपदेव शाहले सामाजिक अभियन्ता ईः लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा  मागहरु कानूनी, सामाजिक र प्राविधिक दृष्टिकोणले न्यायसंगत नभएको बताएका छन् । 

उनले कुनै पनि सरकारले आफ्नो मातहतमा नरहेको, आफ्नो पूर्ण क्षेत्राधिकारभित्र नपर्ने ऐन वा कानूनमा व्यवस्थान भएको विषयमा सहमति गर्न नसक्ने स्पष्ट गरेका हुन् ।

शाहले भनेका छन्, “वार्तामा हामीले आफ्नो सीमितताहरु पटकपटक दोहोर्याएका छौँ । मेरो विनम्र अनुरोध छ मित्र ई, आफ्नो स्वास्थ्यको ख्याल गरेर आन्दोलन फिर्ता लिइदिन। तिम्रो स्वास्थ्यका लागि म जिम्मेवारीबाट पछि हट्न पनि तयार छु।”

दुई पक्षबीचको वार्तामा चार बुँदे समझदारी पत्रको ड्राफ्ट गरिए पनि महानगर मेयर शाहले ड्राफ्टमा उल्लेखित केही विषयमा असहमति जनाएपछि वार्ता निष्कर्षविहीन बनेको छ । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : ०४ बजे