‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चिकित्सकले मागे गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं । गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै चिकित्सहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

आफूहरूमाथि पटक–पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरूको भनाइ छ ।

आन्दोलनरत चिकित्सकहरुले हामी स्वास्थ्यकर्मी एक हौँ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, हजुरको आँसु हामीले हेर्ने, हाम्रो आँसु कस्ले हेर्ने ? लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

चितवन पोखरा लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : ३८ बजे