सुनको मूल्यमा नयाँ कीर्तिमान

अध्यक्ष ओलीले दिनुभयाे विश्वकीर्तिमान बनाएका कुशल र दीपेन्द्रलाई बधाई

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकीर्तिमान बनाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई बधाई दिनुभएकाे छ ।

अध्यक्ष ओली सामाजिक सञ्जालमा लेख्दै कुशल र दीपेन्द्रलाई बधाई दिनुभएकाे हाे ।

१९औँ एसियाली खेलकुदमा आज बिहान मंगोलियाविरुद्धको खेलमा कुशलले टी-२० को इतिहासमा ३४ बलमै शतक प्रहार गरेर विश्वकीर्तिमान बनाएका थिए भने दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका थिए ।

‘कुशल र दीपेन्द्रको विश्वकीर्तिमान : सर्वाधिक छिटो शतक र अर्धशतक ! यो सँगै नेपालको ३१४ रनको सर्वाधिक रनको कीर्तिमानको लागि बधाई !!’ ओलीले फेसबुकमा लेख्नुभएकाे छ ।

यसअघि टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।

 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : १३ बजे