भक्तपुर – भक्तपुरको ताथलीमा हुने १७ दिने श्रीमद् भागवत महायज्ञ स्थल वरपरको क्षेत्रमा सरसफाईको कार्य सम्पन्न भएको छ ।
मंगलबार चाँगुनारायण नगरपालिका- ९ ताथलीस्थित जेष्ठ नागरिक आश्रम जाने बाटो र महायज्ञ स्थल वरपरको क्षेत्रमा सरसफाईको कार्य सम्पन्न गरेको हो ।
ताथलीस्थित जेष्ठ नागरिक आश्रमको सहयोगार्थका लागि असोज ११ गतेदेखि सञ्चालन हुने महायज्ञ र महायज्ञको पहिलो दिन आश्विन ११ गते १००८ शान्ति कलश यात्राका निम्ति उक्त क्षेत्रमा सरसफाई गरिएको थियो ।
आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजको समेत उपस्थितिमा उक्त सरसफाई भएको थियो ।
महायज्ञमा पाँच लाख भक्तजनको उपस्थिति रहने र पाँच करोड रूपैयाँ संकलन हुने अनुमान गरिएको छ । महायज्ञमा सर्वसाधारणको सहज आवागमनका लागि भक्तपुरको च्याम्हसिंहबाट र काभ्रेको नालाबाट निःशुल्क बस सेवा सञ्चालन गरिने छ ।
प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार ६ : १६ बजे
प्रतिक्रिया