दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अष्ट्रेलिया जान बिदाइ भएर एयरपोर्ट गए,अध्यागमनले फर्काइदिएपछि १७ लाख ठगिएको चाल पाए

काठमाडाैं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै नक्कली भिसा दिएर लाखाैं रुपैयाँ ठग्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा शंखमुलस्थित फ्लाइङ ट्याप एजुकेशन एण्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक विष्णु केसी रहेका काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उनलाई असाेज ८ गते काठमाडाैंकाे लाजिम्पाटबाट पक्राउ गरिएकाे हाे ।

कार्यालयका अनुसार अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-८ घर भएका ४५ वर्षीय केसीले पवनराज दाहाललाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेका थिए । अष्ट्रेलियामा मासिक २ लाख तलब हुने प्रलाेभन देखाएर केसीले दाहालबाट १७ लाख ७९ हजार रुपैयाँ लिएका थिए ।

अष्ट्रेलिया जान भनेर घरबाट बिदाई भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका बेला अध्यागमन कार्यालयले नक्कली भिसा भनि फर्काएपछि मात्रै पवनराजले आफू ठगिएकाे थाहा पाएका थिए ।

 केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ०५ बजे