साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सल्यान जिप दुर्घटना : मृतकको सनाखत

सल्यान । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा जिप चालक दाङको तुलसीपुर उपमहानगरपालिका- १८ का २६ वर्षीय भक्तबहादुर घर्ती र सोही स्थानका जिप मालिक ५० वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जिप आज बिहान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

जिप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ३२ बजे