सुनको मूल्यमा नयाँ कीर्तिमान

इन्धन डिपोमा विष्फोट हुँदा बीस जनाको मृत्यु

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो । 

घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको अधिकारीहरूले  र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन् ।

आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको  जनाएका छन् । 

अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ता मारिएका आशङ्का गरिएको छ । 

यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन् । अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति सात सयभन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए । 

अजरबैजानका  राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : ५५ बजे