मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै

काठमाडाैँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारणसभामा कार्यकारी निर्देशक थानीले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।

कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । सर्वसाधरण जनता समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने उनले बताए ।

व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयरी रहेको थानीको भनाइ छ । विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने उनले बताए ।

ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको उनले बताए । सरकारले व्यवसायीहरूका मागहरू समयसापेक्ष रूपमा सम्बोधन चाँडै गर्ने थानीको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : २३ बजे